पछिल्लो चौबीस घण्टामा ४९९ जना कोरोनामुक्त,संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो

51

काठमाडौं, साउन २४ गते ।

पछिल्लो चौबीस घण्टामा नेपालमा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा ४९९ जना कोरोनामुक्त भएर घर फर्केका जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जोगश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा मृत्यु भएका तीनजनामा सङ्क्रमणको पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । हालसम्म १६ हजार ३१३ जना कोरोनामुक्त भएका छन् ।