पछिल्लो चौबीस घण्टामा ४० जना कोरोनामुक्त,संक्रमितको संख्या २२ हजार ९७२ पुग्यो

69

काठमाडौं :

पछिल्लो २४ घण्टामा ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४० डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३५३ पुगेको छ।

पाँच सय बढी संक्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं  हुन्। त्यसैगरी संक्रमण शून्य भएका जिल्लाको संख्या सात रहेको छ। मन्त्रालयका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्यमा झरेको हो।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ७५ पुगेको छ।