नरिवल पानी र मौसमीको जुस खाएर कोरोना माथि विजय प्राप्त गरे संसद यादव

359
आफ्नो पीसीआर परीक्षण रिपोर्ट सामाजिक सञ्जालमा राख्दै यादवले यस्तोमा नआत्तिन सबैसँग अपील पनि गर्नुभएको छ ।

१२ दिनपछि गरेको दोस्रो पटकको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको भन्दै यादवले डाक्टरको सल्लाह–सुझाव अनुसार आत्मानुशान कायम गरी सुरक्षित रुपमा आइसोलेसनमा बसेकाले कोरोनालाई जित्न सफल भएको उल्लेख गर्नुभएको छ ।

अझै सात दिन घरमै आइसोलेसनमा बस्ने जानकारी दिँदै यादवले सुरक्षात्मक उपाय अपनाउन र भयभित नहुन सबैमा आग्रह गर्नुभएको हो ।