मेयर सरावगीकाे स्वास्थ्यमा सुधार, नारायणी अस्पतालका कर्मचारीहरुले बदमासी गरेको आरोप

3,044

वीरगंज, २८ साउन ।

कोरोना नियन्त्रणको लागि औकात भन्दा फाजिल खटेर संक्रमित भई काठमाण्डौंमा उपचार गराईरहेका वीरगंजका मेयर बिजय कुमार सरावगी वीरगंजको हरेक घटनालाई त्यहीबाट शुक्ष्म अवलोकन गरी प्रतिक्रिया जनाउने अवस्थामा पुगिसकेको खबरले उनका शुभचिन्तकहरुलाई खुसी तुल्याएको छ ।

काडमाण्डौं जांदा कोरोना संक्रमित भएकाे खुलेपछि मेयर सरावगीको उपचार मेडिसिटी अस्पतालमा भएको र रेम्डेसिभिरको डोज पाएपछि दुरुस्त हुन लागेका सरावगी पाँच तारे होटल सोल्टीको विशेष सुविधायुक्त क्वारेन्टाइनमा बसी स्वास्थ लाभ गरिरहनु भएको बताइन्छ ।

वीरगंज महानगरपालिकाले नारायणी अस्पताललाई उपलब्ध गराएको रिएजेन्टको गडबड भएकाे बारे विभिन्न संचार माध्यमा समाचार आएपछि न्युज ट्वान्टीफाेर संग प्रतिक्रिया दिंदै मेयर सरावगीले नारायणी अस्पतालका कर्मचारीहरुले बदमासी गरेको हुन सक्ने शंका व्यक्त गर्नु भएको छ ।

स्मरण रहोस् बिरगंज महानगरपालिकाले नारायणी अस्पताललाई उपलब्ध गराएको रिएजेन्टलाई कमसल भएकोले परिक्षण प्रकृयामा नतिजा गडबड देखिन थालेपछि अस्पतालले संकलन गरेको १२५० थान स्वाबको नमुना हिजो राजधानी पठाएको थियोे ।
रिएजेन्ट काम नलाग्ने भएपछि अहिले स्वाब संकलन र पी.सी.आर परिक्षणको दुवै काम ठप्प भएको छ ।
स-शुल्क गराउन आउनेहरुको पनि परिक्षण नगर्न मेडिकल सुपरिटेण्डेट मदन उपाध्यायले आफ्नो मातहतकालाई लिखित निर्देशन दिएका छन् ।