विद्यार्थी नेता तिवारी छुटाउन नेविसंघकाे प्रदर्शन

93

बिरगंज।

नेपाल विद्यार्थी संघ पर्साका ज़िल्ला अध्यक्ष विकास तिवारीलाई रिहा गर्न नेविसंघ पर्साले दबाब स्वरुप घण्टाघरमा प्रदर्शन गरेकाे छ ।
साउन २६ गते जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि प्रदर्शनका क्रममा नेविसंघका तिवारी, शेष हजारा र मनोज साह पक्राउ परेका थिए ।

उनीहरुलाई सोही दिन राति ११ बजे नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेलको जिम्मामा छाडिएको थियो । तर प्रहरीले पुनः तिवारीलाई साउन २८ गते घरबाटै गिरफ्तार गरि लगेको उनकाे पारिवारिक स्रोतले जनाएको छ ।

पटक पटक गिरफ्तार गरेर दुःख दिएको, कसैलाई भेट गर्न नदिएको, कहिले साइबर क्राइम त कहिले सामाजिक शान्ति व्यवस्था भंग गरेको भनी आरोप लगाउने गरेको गुनासो आफन्तजनकाे रहेको छ ।