सर्वाधिक खोजी सुचीमा रहेको इल्ताफ हुसैन गिरफ्तार गर्न पर्सा प्रहरी सफल

7,740

नेपाल प्रहरीकाे सर्वाधिक खोजी सुचिमा रहेका काठमाडौँको कमलादीमा १४ किलो नक्कली सुन प्रकरणमा फरार रहेका बाराका इल्ताफ हुसेन अन्सारी बिहीबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साकाे प्रहरी उपरीक्षक गंगा पन्त र क्राइम ब्रान्चका इन्स्पेक्टर रवि भूषण यादवले बिगत १५ दिन देखि सुराकी खटाएर इल्ताफकाे गतिविधिलाई शुक्ष्म ढंगले नियालीरहेकाे दरम्यान पथलैयाबाट पुर्व तर्फ जने क्रममा बिहीबार निजगढबाट अन्सारीलाई गिरफ्तार गर्न सफल भएकाे थियोे । इल्ताफकाे गिरफ्तारिकाे बारेमा नेपाल प्रहरीकाे मुख्यालयमा जानकारी भएपछि त्यहाँबाट खटि अाएकाे टाेलीले इल्ताफलाई लिएर काठमाडौँ गईसकेको छ । कुनै बेला नेपाल प्रहरीका उच्च पदास्थ अधिकारी भारतीय दूतावासका रिसर्च एण्ड एनलाइसिस बिंग र आई.बी.को साथ साथै पाकिस्तानी गुप्तचर संस्था आई.एस. आई. का पदाधिकारीहरु सँग सुमधुर सम्बन्ध बनाई आफ्नो ब्यक्तिगत दुनो सोझ्याउने सफल भई छोटो अवधिमा करोडौ कमाउन सफल भएका इल्ताफ हुसैन अंसारी नेपाल प्रहरीको फन्दामा पुनः परेका छन । साभार ः हाम्राकुरा डटकम