सहायताको खोजी गर्नेहरुका लागि वीरगञ्जमा कोभिड एक्सन टिम गठन

223

वीरगंज, ३० साउन ।
समुदायमा स्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलेर भयावह अवस्था सिर्जना गरेकोले यसको नियन्त्रणका लागि सरकारी संयन्त्र तथा स्वास्थ्य संस्थासंग समन्वय गर्न वीरगञ्जमा शुक्रबार कोभिड एक्सन टिम CAT गठन भएको छ । आज बिहान जिल्ला समन्वय समिति पर्सामा बसेको बुद्धिजिवीहरुको बैठकले कोभिड एक्सन टिम CAT गठन गरेको हो । बैठकले जिल्ला समन्वय समिति पर्साका सभापत्ति नेक महमद अंसारीको संयोजकत्वमा एक सक्रिय समुहको निमार्ण गरेको हो ।
सो समुहमा नेपाली कांग्रेसका नेता श्याम पटेल, जनता समाजवादी पाटीका नेता तबरेज अहमद, नेकपाका संजिव मिश्रा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनुप तिवारी, वीरगञ्ज उधोग वाणिज्य संघका मनोज कुमार दास, संचारकर्मी राजन रौनियार, राजेन्द्र सिंह, शम्भु कुमार सुमन, नरेश सरार्फ, हरि प्रसाद कुर्मी सदस्य रहनु भएको छ ।
कारोनाबाट बिचल्ली भएको र सो रोग नलागेपनि अन्य रोगको उपचारको अभावका कारण अनाहकमा ज्यान गुमाउन थालेपछि सो समुह सर्वसाधारणको सहयोगका लागि निमार्ण भएको CAT संयोजक नेक महमद अंसारीले जानकारी दिनु भयो ।
यता, जनता समाजवादी पार्टीका सचिव तथा CAT का सदस्य तबरेज अहमदले आजबाट नि:शुल्क सहायता कक्ष संचालनमा ल्याई चारवटा हेल्प लाईनबाट जनताको सहयोग गर्ने जानकारी दिनु भयो । समयमा उपचार नपाएको वीरगञ्जको पछिल्लो उदाहारणले निकै पिडादायक घटनालाई स्मरण गर्दै उहाँले समस्या तथा समाधानको रुपमा यो कार्यदल पुलको भुमिका निर्वाह गर्ने बताउनु भयो ।
त्यस्तै एक हप्ताको अथक प्रयासबाट गठन भएका कार्यदलले सम्पुर्ण पर्साबासीको लागि काम गर्ने नेपाली कांग्रेसका नेता श्याम पटेलको भनाई छ । वहाँले कहि कतै समस्या भएको खण्डमा ९८४५०२२०७३, ९८५५०२८१८२, ९८५५०४००७५, ९८५५०३३६०१ मा सम्र्पक गर्न पनि अनुरोध गर्नु भयो ।
यसै बिच, सर्वसाधारणको सहयोग तथा कार्यदल सम्मको सम्पर्कका निम्ती मिडिया सेन्टर समेत निमार्ण भएको छ । संचारकर्मी राजन रौनियारको संयोजकत्वमा ५ सदस्य कमिटी बनाइएको हो । कमिटिमा संचारकर्मी राजेन्द्र सिंह राजपुत, शम्भु कुमार सुमन, नरेश सरार्फ तथा आरोहण साह रहेका बताईएको छ ।