भारतीय क्रिकेट टिमका पूर्वकप्तान एम एस धोनीद्वारा अन्तर्राष्ट्रिय खेलबाट सन्यास घोषणा

39

बिरगंज ।
भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका छन्।

उनी २०१९ एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड बिरुद्ध सेमीफाइनल खेलमा अन्तिम पटक भारतको जर्सीमा देखिएका थिए ।
भारतलाई सन् २००७ को टि-२० विश्वकप तथा २०११ मा एकदिवसीय विश्वकप जिताएका धोनी भारतको सबैभन्दा सफल कप्तान हुन् । उनले भारतलाई टेस्ट वरियतामा नम्बर १ स्थानमा तथा च्याम्पियन्स ट्रफीको समेत उपाधि दिलाएका थिए।

युएईमा सेप्टेम्बर १९ देखि आयोजना हुने आईपीएलमा चेन्नाईको लागि खेल्ने तयारी गरिरहेका धोनीले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका हुन् तर आईपीएल भने खेल्ने छन् । यस अघि उनले टेस्ट क्रिकेटबाट सन् २०१४ मा सन्यास घोषणा गरेका थिए।

आफ्नो करियरमा म्याच फिनिसरको रुपमा चर्चित धोनीले सन् २००४ मा बंगलादेश बिरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए।