मेयर सरावगीको रिपोर्ट पोजिटिभ श्रीमती र छोरीको नेगेटिभ

1,114

वीरगंज, ३१ साउन ।

वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीको स्वास्थ्य स्थिती बारे उनको सचिवालय मौन भएकोले नगरबासी चिन्तित भएका छन् ।

अन्य समयमा हुने नहुने जुन सुकै कार्यक्रमको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने मेयर सरावगीको फेसबुकिया टिमले पनी उनको स्वास्थ्य स्थितीको बारेमा चर्चा गर्न छोडेपछि कौतूहलता बढेको छ ।
हाम्रो सम्वाद सुत्रका अनुसार मेयर सरावगी संक्रमित भएपछि गरिएको दुईवटा स्वाब परिक्षणको रिपोर्ट पनि पोजिटिभ आएको छ।

संक्रमणको बेला पनि मेयर सरावगीले अनावश्यक चिन्ता लिने, तिन वटा मोबाइल फोन चालु राखेर “बडबोलापन” वाला बानी लाई निरन्तरता दिईरहेको कारणले गर्दा उनको शरीरलाई चाहिने जती आराम प्राप्त नभइरहेको आफन्तहरुले बताएका छन् । उनीसंग संक्रमित भएको उनको श्रीमती र छोरीको रिपोर्ट नेगेटिभ आएको बुझिएको छ ।