वीरगंज हेल्थ केयर अस्पतालबाट चौबिस घण्टामा चौसठी जना डिस्चार्ज

98

वीरगंज, ३१ साउन ।

वीरगंज हेल्थ केयर अस्पतालबाट चौबिस घण्टामा चौसठी जना डिस्चार्ज भएका छन् । ८ वर्षको बालिका र ६५ वर्षीय बृद्ध सहित ३४ जना व्यक्ति शनिबार कोरोनामाथि बिजय प्राप्त गरी वीरगंज हेल्थ केयर अस्पतालबाट डिस्चार्ज भएका छन् । २४ घण्टा भित्र सो अस्पतालबाट ६४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएपछि अस्पताल प्रशासन खुसी व्यक्त गरेको छ ।

वीरगंज हेल्थ केयर अस्पताल भित्र संक्रमितहरुलाई शौचालयको प्रयाप्त व्यवस्था, प्राय हरेक कोठामा हावा र प्रकाशको उचित पहुच र मांसाहारी भोजनको भरपुर लाभ उठाएर संक्रमितहरु धमाधम नेगेटिभ भएर फर्किन थालेका छन् ।

शनिबार डिस्चार्ज हुनेमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री समेत रहेका अजय चौरसिया, वीरगंज कारागारका जेलर श्रवण पोखरेल, वडा नं. ४ का वडाअध्यक्ष जगत साह कानु सहित ७ महिला र २७ पुरुष गरी ३४ जना डिस्चार्ज भएको बताइन्छ । डिस्चार्ज भएका मध्ये २ जना किडनीको डायलिसिस गरारहेकी महिला पनि कोरोनामुक्त भएकी छिन् ।