एम.वि.वि.एस डाक्टरहरुको समुहद्वारा ७ दिने अल्टिमेटम

114

सन्तोष रंजितकार,

बिरगंज।

बिरगंजका एम.वि.वि.एस डाक्टरहरुको समुह मेडिकल अफिसरहरुले ५ बुँदे मागसहित सरोकारवाला लाई ७ दिने अल्टिमेटम दिएका छन् ।

विगतदेखी नै अत्यन्तै कम पारिश्रमिकमा काम गर्दै आएका एम.वि.वि.एस डाक्टरहरुले विभिन्न ५ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सा, नेपाल चिकित्सक संघ सहित बिरगंज को सम्पुर्ण निजी अस्पतालहरुलाई ध्यानाकर्षण गराएका हुन् ।

लगभग १ सय ५० जना एम.बि.बि.एस डाक्टरहरुले न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जिवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाईनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा सामाग्री पिपिई उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निशुल्क उपचार सेवा पाउनुपर्ने लगायतका विभिन्न माग सहित को ७ दिने अल्टिमेटम समेत दिएका छन।

निश्चित समयावधिभित्र पनि मागको सुनुवाई नभए सम्पुर्ण काम काज नै ठप्प पार्ने पनि उनिहरुले चेतावनी दिएका छन् । ज्ञापन पत्र बुझाउदै एम.वि.वि.एस डाक्टर सरोज साह, विवेक यादब, उमेश सर्राफ, सन्तोष यादब, सुरेन्द्र यादब, कृष्णा अधिकारी, अजय साह, रमेश महतो, अनुपम उपाध्याय लगायतको सहभागिता रहेको डा. रामएकवाल रायले जानकारी दिनुभयो ।