बन्दा बन्दीमा पनि नागरिक प्रति जिम्मेवार ग्रीन सिटी

511

सन्तोष रंजितकार ,
बिरगंज ।

विगत ५ महिना देखिको बन्दा बन्दीले गर्दा आम जनमानसकाे जीवन एकदमै कष्टकर बन्दै गएको छ ।

बन्दाबन्दीको बावजूद दैनिक उपभोग्य सामाग्री,दूध, तरकारी र डिजल-पेट्रोलको लागि स्थानियहरुले खासै समस्य खेप्नुपरेको छैन् तर भारतबाट आयात गर्ने औषधिको अभावले बिरामीहरुलाई निकै नै गार्हो परेकोले ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरीले भारतबाट आयात औषधि उपलब्ध गराइ आफ्नो सेवा दिदै आएको ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले बताएका छन्।

अति आवश्यक औषधीहरुको उपलब्धता नहुने हने भने भोलिको दिनमा ठूलो समस्या निम्त्याउन र विकराल रूप लिन सक्छ। त्यहीँ स्थितिलाई बुझेर ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले आशाको दीप बनेर अगाडी बढ्दै घाम पानी दिन रात न भनी दिनहु सेवा दिइदै आएकाे खेतानले जनाए ।

विगत चार महिना ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरीको टीमले औषधी उपलब्ध गराउँदै आइरहेको छ। ग्रीन सिटीले अति आवश्यक औषधी हरु सहज ढंगले उपलब्ध गराउन थाले पछि धेरै राहत पुगेको स्थानीय हरुले बताउदै आएको छन्।

ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतान संग यस बारे बुझ्दा उहाँले आफ्नो समाज प्रतिको जिम्मेवारी अन्तर्गत एक जिम्मेवार नागरिकको हैसियतले निस्वार्थ यस्तो काममा लाग्नेे उनले बताए  । ग्रीन सिटीले दैनिक ६०-७० जनालाई निरन्तर रूपमा औषधी उपलब्ध गराउदै आइरहेको समेत जानकारी दिए ।