सिटी सर्जिकलका दिपकद्वारा खुलेआम लूट

3,357

बिरगंज ।
बहुत कम समय भित्र अरबपतिहरुको लिस्टमा सामेल भएका सिटी सर्जिकलका संचालक दिपक अग्रवाल आफ्ना ग्रहकहरुलाई विल नदिई ठगी गर्दै आएको रहस्य खुलेको छ ।

बिरगंज-११ बस्ने अमित वर्णवालले पलस अक्सिमिटर खरिद गर्न जाँदा रु दुई हजार रुपैया लिई भ्याट विल माग्दा नदिई कच्चा विल दिएर दिपकले पठाएको बताए। यस सन्दर्भमा दिपक अग्रवाल संग बुज्दा उनले सर्वसाधारण नागरिकहरुलाई विल नदिने गरेको बताए । उनलेे आफुहरु कुनै फर्म वा संस्थालाई मात्र भ्याट विल उपलब्ध गराउने गरेको बताए ।

वैश्विक काेराेना महामारीमा सर्जिकल आईटम बेचेर ठुलो मात्रमा राजस्व छलिरहेका दिपक अग्रवाल जस्तो राजस्व माराहरुलाई सरकारले कडा कारवाही गर्न जरुरी भइसकेको बताइन्छ ।