पछिल्लो चौबीस घण्टामा एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि, सात जनाको मृत्यु

69

काठमाडौं :

नेपालमा पछिल्लो चौबीस घण्टामा एक हजार १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।  २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो।  योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार दुई सय ७५ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा १३ हजार १६१ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । १०१६ जनामा कोरोना संक्रमण हुँदा २४ घण्टामा ८५ जनाले मात्र कोरोना जितेका छन् । डिस्चार्ज हुनेको कुल संख्या भने १७ हजार ५८० पुगेको छ । देशभर संक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ ।

२४ घण्टामा कोरोनाले सात जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११४ पुगेको मन्त्रालयले जनाएको छ ।