कोभिड एक्सन टिमको पहलमा नारायणी अस्पतालमा उपचारत बिरामीहरुलाई खाना वितरण

55

सन्तोष रंजितकार,

वीरगंज  ।

कोभिड एक्सन टिम (क्याट) को पहलमा आज नारायणी अस्पतालमा  उपचारत १३ जना बिरामीहरुलाई  खाना खुवाईयाे ।

वीरगंज १३ का वडाध्यक्ष तुफान अन्सारीको सहयोगमा र क्याटका सदस्य तबरजे अहमदको आग्रहमा बुधबार  नारायणी अस्पतालमा खाना वितरण गरिएको वडाध्यक्षले जनाए ।

क्याटले मंगलबार वीरगंज बसपार्कमा अलपत्र परेका एक बिरामीलाई नारायणी अस्पतालमा पुर्याएर भर्ना गराएको थियो ।अस्पताल पुगेका हाम्रो समुहलाई ति बिरामी लगायत केहीलाई खानाको समस्या बारे थाह पाएपछि पहल गरिएको क्याटका सदस्य श्याम पटेलले वताए ।

वीरगंजमा लामो समयदेखी जारी निषेधाज्ञाका कारण प्रभावित भएकाहरुको लागि साउन १ गतेदेखी राधेमाईको रामजानकी मन्दिरमा  खाना खुवाउदै खुवाइरहेको वीरगंज १३ का वडाध्यक्ष तुफान अन्सारीले जानकारी गराए ।

वडाका युवाहरुको सहयोगमा असहाय, गरिब, रिक्सा चालक, ठेला चालका लगायतकालाई खाना खुवाउदै आएको अन्सारीले वताए ।
वडाध्यक्ष अन्सारी सहित वीरगंज १३ का युवा राजकुमार महतो, संदिप यादव, अमिन मियाँ लगायतकाले असहायलाई खाना खुवाउदै आएका छन् ।