पछिल्लो चौबीस घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि,६ जनाको मृत्यु

43

काठमाडौं :

पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसहित संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो। नेपालमा कोरोनाबाट १२० जनाको मृत्यु भएको छ।