पछिल्लो चौबीस घण्टामा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि,११ जनाको मृत्यु

संक्रमितको संख्या ३०,४८३ र मृत्यु हुनेको संख्या १३७ पुगेकाे छ।

54

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ८३८ संक्रमित भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा १३५७९ को पीसीआर परीक्षण गर्दा ८३८ संक्रमित भेटिएका हुन् ।

२४ घण्टामा २१४ डिस्चार्ज भएका छन् । हालसम्म १८२१४ जना कोरोनामुक्त भएका छन् ।

नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४८३ पुगेको छ ।

काठमाडौं उपत्यकामा १८२ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १४२ ललितपुरमा २५ र भक्तपुरमा १५ जना छन् ।

बितेको २४ घण्टामा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, मकवानपुर, चितवन, दोलखा र प्युठान ११ जनाको मृत्यु भएको छ । तीमध्ये १० पुरुष र एक महिला छन् । योसँगै मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।