बिरगंजमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

374

वीरगन्ज

वीरगन्जमा कोरोना संक्रमणका कारण शुक्रबार फेरि १ जना संक्रमितको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका ४८ वर्षिय पुरुषको मृत्यु भएको हो ।
वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउसो सवा १ बजे ती संक्रमित पुरुषको मृत्यु भएको हो ।
मुटु रोगी रहेका ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि साउन ३१ गते नारायणी अस्पतालको आइसियुमा लगेर भर्ना गरिएको थियो ।
साउन ३२ गते उनमा कोरोना संक्रमणको पुष्टि भएपछि त्यहि दिन उनलाइ नारायणी अस्पतालबाट वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगिएको थियो ।
कोभिड अस्पतालको आइसियुमा उपचाररत उनको स्वास्थ्य झन बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै शुक्रबार दिउसो सवा १ बजे उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छ्न ।