आकस्मिक खुल्ला रक्तदान सम्पन्न

45

सन्तोष रंजितकार ,

बिरगंज  ।

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउपालिका वडा न. ६ लखनपुरमा कोभिड-१९ महामारीको कारण ब्लड बैंकमा रक्तको चरम अभावले गर्दा आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ |

रक्तदान गरि गरौ जीवन दान भन्ने मूल नाराका साथ  श्री जन जागरण युवा क्लब लखनपुरको आयोजनामा तथा जिल्ला कृषि सहकारी संघ लि. पर्सा र जय महाबिर कृषि सहकारी संस्था लि. लखनपुरको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित ३१ जनाले रक्तदान गरेका थिए ।

श्री जन जागरण युवा क्लब लखनपुरको अध्यक्ष शिव कुमार साहको अध्यक्षता र सखुवा प्रसौनी गाउपालिका ६ नं. वडा लखनपुरका वडा सदस्य धर्मराज साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि युवा नेता मनोज यादव, रामबाबु साह तेली, सिकेन्द्र सहनी र रामचन्द्र साह कानुले रक्तदान गरि सहभागिता जनाएका थिए ।

लखनपुरमा पहिलो पटक आयोजित रक्तदान कार्यक्रममा लखनपुर र एकडेर्वाका स्थानीयवासी, जान प्रतिनिधिले आफु सएस्फुर्त मानव जातिको कल्याणको निमित रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा रक्त संचार केन्द्रका धिरेन्द्र झा, जितेन्द्र महतो, शेखर साह र रामनरेश यादवले सहयोग गरेका हुन ।

रक्तदान गर्नेमा सबिता देबि , कमरुल नेसा , सोनालाल साह, अमलेस कुमार, लालबहादुर महरा, धिरज कुमार यादव, जपाल राउत कम्कर, बिकास कुमार, कैलास साह , हमिद मिया, लालचन पटेल, भगवान सहनी, अशोक कुमार साह र मन्नु गिरि लगायतले रक्तदान गरेको अध्यक्ष साहले जानकारी दिनु भएको थियो ।