नेविसंघद्वारा खाना बितरण

39

सन्तोष रंजितकार,

बिरगंज ।

गरिब, असाहय तथा मजदुरहरुलाई नेविसंघ ठाकुरराम एकाई समिति तथा नेविसंघ पर्साले दोस्रो दिन पनि खाना खुवाएको छ । संघले १०० जना भोकालाई खाना खुवाएको नेविसंघ ठाराब एकाई समितिका अध्यक्ष मनोज साहले बताए ।

नेपाली काग्रेसका युवा नेता राकेश यादवको बिशेष पहलमा नेविसंघ ठाराब एकाई समिति तथा नेविसंघ पर्साले सयुक्त रुपमा खान बितरण अभियान शुक्रवारबाट शुरु गरेको हो । संघले बिहान र बेलुका १००/१०० जना खाना खुवाउने जनाएको छ ।

खाना बितरण कार्यक्रममा नेविसंघका विद्यार्थी नेताहरु बाबुनन्द पटेल,रभी साह,भुपेन्द्र यादव र राजा यादव लागयतको उपस्थिती रहेको एकाई समिति अध्यक्ष मनोज साहले बताए । संघले खास गरी रिक्सा चालक,ठेला चालक तथा गरिब असाहयलाई खाना खुवाउने प्रयास गरेको नेविसंस पर्साका अध्यक्ष विकास तिवारीले बताए ।