बिरगंज कारागारका २१ कैदीबन्दी कोरोनामुक्त

54

सन्तोष रंजितकार,

वीरगन्ज ।

वीरगन्ज कारागारका २१ जना कैदीबन्दी कोरोना जितेर डिस्चार्ज भएका छन् ।
कारागारको आइसोलेसनमा उपचाररत कैदीबन्दीको रिपोर्ट निगेटिभ आएपछि शनिबार डिस्चार्ज भएका हुन् ।
कारागार प्रमुख श्रवण पोखरेलका अनुसार कोरोना जितेर डिस्चार्ज हुनेमा १५ पुरुष, पाँच महिला र एकजना बालक छन् ।
प्रमुख पोखरेलले कारागारमै बनाइएको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित २५ कैदीबन्दीमध्ये २१ जना निको भएर डिस्चार्ज भएको बताए ।
अब आइसोलेसन चारजना मात्र संक्रमित रहेको उनले बताए ।
कारागारका प्रमुख पोखरेल पनि संक्रमित भएर केही दिनअघि मात्र निकाे भएका हुन् ।