सानो पाइलाद्वारा ४० शैय्याकाे सामुदायिक आइसोलेशन संचालन

87
वीरगन्ज।

सानो पाइलाले जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्सा र सिसिएमसिको सहयोगमा अर्को  सामुदायीक आइसोलेसशन केन्द्र संचालनमा ल्याएको छ । 

वीरगन्ज महानगरपालिका वडा नं २५ स्थित होटेल वाटिका ईन्टरनेशनलमा  ४० शैय्याको सामुदायिक आइसोलेश केन्द्र शुरु गरि सकिएको सानो पाइलाले बिज्ञप्ति जारी गरेर जनाएको छ ।

आइसोलेशन केन्द्रमा ४० जना कोराना  संक्रमित ब्यक्तिहरुलाई सेवा दिन सकिने छ । आइसोलेशन सेन्टर संचालनका लागि सम्बिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता अनिल रुङटा, प्रदेश सभा सदस्य डा. अन्जु कुमारी यादव र  बुढानिलकण्ठ स्कूलका पूर्व बिद्यार्थी समाज, सहायता नेपाल ,अमेरिका  नेपाल मेडिकल फाउण्डेशन ,राष्ट्रिय आष्किार केन्द्र  क्रियशन नेपाललसँगको सहकार्यमा सामुदायिक आइसोलेसन केन्द्र सञ्चालनगरिएको हो बिज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन र  नेपाल सरकारले तोकेको मापदण्ड  अनुसार आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चनझाले जानकारी दिनु भयो  ।

 

हामीले सरकारको स्वास्थ्य मापदण्ड अनुसारनै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका हौं झाले भन्नु भयो जहाँ डब्ल्यूएचओले तय गरेको मापदण्डको पालना गर्दै सङ्क्रमितहरुलाई खाने, बस्ने व्यवस्था मिलाएका छौ । आइसोलेशन केन्द्रमा आधारभूत चिकित्सकीय परामर्श तथा उपचारसेवाको पनि प्रवन्ध मिलाएको उहाँले बताउनु भयो ।