वीरगन्जमा कोरोना संक्रमित थप १ महिलाको मृत्यु

229

वीरगन्ज ।

वीरगन्जमा कोरोना संक्रमणका कारण थप १ महिलाको  मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ बस्ने ५६ वर्षीया महिलाको शनिबार बेलुकी वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।