नेविसंघद्वारा पाचौं दिन पनि खाना बितरण

20

बिरगंज  ।

गरिब, असाहय तथा मजदुरहरुलाई नेविसंघ ठाकुरराम एकाई समिति तथा नेविसंघ पर्साले पाचौं दिन पनि बिहान र बेलुकी दुबै समय खाना खुवाएको छ ।

नेपाली काग्रेसका युवा नेता राकेश यादवको बिशेष पहलमा नेविसंघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समिति तथा नेविसंघ पर्साले सयुक्त रुपमा खाना बितरण अभियान शुक्रवारबाट शुरु गरेको हो । संघले बिहान र बेलुका १००/१०० जना खाना खुवाउने जनाएको छ ।

खाना बितरण कार्यक्रममा नेविसंघका विद्यार्थी नेताहरु बाबुनन्द पटेल,अन्जन गुप्ता,राहुल शर्मा,बिकास कुमार साह, राजिव गुप्ता ,चन्दन सिंह र राजा गुप्ता लगायतको उपस्थिती रहेको एकाई समिति अध्यक्ष मनोज साहले बताए । संघले खास गरी रिक्सा चालक,ठेला चालक तथा गरिब असाहयलाई खाना खुवाउने प्रयास गरेको नेविसंघ पर्साका जिल्ला सदस्य राहुल गुप्ताले बताए ।