लागु औषधसहित दुई जना पक्राउ

54

सन्तोष रंजितकार,
बिरगंज ।

पर्सा प्रहरीले दुई जना लागु औषधसहित पटेर्वासुगौली गा.पा.वडा नं.५ स्थित मनिअर्वा स्कुल सडक खण्डबाट पक्राउ गरेको छ ।

प्रहरी टोलीले वडा नं.५ देउरिया बस्ने शंकर राय थारुको छोरा रामचन्द्र राय थारुले चलाउदै गरेको BR22AG 7372 नम्बरको अपाचे मो.सा. रोकी चेकजाँच गर्दा निजको साथबाट ४ के.जी.५०० ग्राम लागु औषध चरेश, गाँजाको धुलो ५०० ग्राम र पछाडी सवार जितन ओझइयाको छोरा जनार्धन ओझइया थारुको साथबाट ४ के.जी.लागु औषध चरेश, ५०० ग्राम गाँजाको धुलो गरी जम्मा ८ के.जी.५०० ग्राम लागु औषध चरेश र १ के.जी.गाँजाको धुलो बरामद गरेको छ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।