ग्रीनसिटीद्वारा स्वर्गीय पशुपति घोषको स्मारकमा झिलमिल बत्ती जडान

134

सन्तोष रंजितकार,

बिरगंज ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले निरन्तर समाज रूपान्तरणका लागि काम गर्दै अगाडि बढ्दै आएको कुरा बिदितै छ ।
आदर्शनगरका संरचनाकार स्वर्गीय पशुपति घोषको स्मृतिमा बनेको स्मारकलाई हरियो झिलमिल बत्तीले सुशोभित गरिएको जानकारी ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतानले अंंकुश दैनिक लाई बताए।

कुराकानीको क्रममा अध्यक्ष खेतान भन्नू हुन्छ काम गर्नका लागि इच्छा शक्ति मात्र बलियो हुनु पर्दछ, अवसर र उचित समयको लागि पर्खिनु पर्दैन्। यी सबै काम नगर्नेहरुका बहाना मात्रै हुन्।

विगत पांच महिना लामो लकडाउनको अवधिमा पनि ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरीले ठाकुर राम क्याम्पसमा रहेको क्वारेन्टाइनको व्यवस्थापन, भोजन सेवा, अतिआवश्यक औषधी सेवा, निशुल्क इम्युनीटी बुस्टर औषधी वितरण,नालाको सरसफाइ, फुटपाथ र छाडा चौपाया नियन्त्रण व्यवस्थापन र लक डाउनमा नेपालमा अलपत्र परेका भारतीय नागरिकहरु लाई फिर्ता पठाउने कार्यमा सहजीकरण लगायतका विविध काम गर्दै आएको स्थानीय हरुको बुझाइ रहेको छ।