निषेधाज्ञाकाे स्वरूप परिवर्तन हुन्छ : प्रजिअ तामाङ

1,717

बिरगंज ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पर्सामा निषेधाज्ञाको स्वरूप परिवर्तन गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल शुरु गर्नुभएको छ ।

पर्सा जिल्लामा आएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग गरेको भेटघाटमा प्रमुख जिल्ला अधिकारी तामाङले आफ्नो पहिलो प्रथामिकता  जिल्लालाई कोरोनामुक्त बनाएर ग्रिनजोनमा ल्याउने र त्यसपछि अन्य शान्ति सुरक्षा, चोरी, तस्करी नियन्त्रण, सीमा सुरक्षा र नागरिकलाई सहज सोवा प्रवाहमा केन्द्रीत रहने बताउनुभयो ।

उहाँले सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै वीरगंजमा बढ्दो सङ्क्रमितको अवस्था र नियन्त्रणको लागि सर्वसाधारण, व्यापारी, सञ्चारकर्मीहरूको भूमिकाबारे छलफल गरेका थिए।
पर्साको सीमा क्षेत्रमा तस्करी मौलाएको र भारतीय कामदारहरू दैनिक आउनेजाने गरेको कारण सङ्क्रमितको सङ्ख्या बढेको सञ्चारकर्मीको गुनासो गरेका थियो। वीरगंजबाट अन्य जिल्लामा जाने व्यक्तिलाई मकवानपुरले रोक लगाएको तर मकवानपुरलगायत अन्य ठाउँबाट वीरगंज आउन कुनै समस्या नभएकोले पर्सा जिल्ला प्रवेशमा कडाइ गर्न सञ्चारकर्मीहरूले आग्रह गरेका थिए।

छलफलमा सहभागीहरूले नयाँ प्रजिअ तामाङले राजनीतिक दल, उद्योगी, व्यापारी, स्थानीय तहसँग समन्वय गरी आगामी रणनीति तय गर्न जोड दिएका थिए। पर्सा जिल्लामा राहतको आवश्यकता भए महानगरसँग समन्वय गरी वितरण गर्ने, बैंक, पसल, उपभोग्य वस्तुका पसलहरू खोल्ने विषयमा छलफल भएको थियो।