बिरगंज जेसिजद्वारा `चुलो नबलेको घरमा चुलो बाल्ने´ अभियान सुरु

90

सन्तोष रंजितकार

बिरगंज  ।
मानवसेवा नै मानव जीवनको सर्बोत्तम कार्य हो भन्दै शनिबार
बिरगंज जेसिजले चुलो न बलेको घरमा चुलो बाल्ने अभियान कार्यक्रम शुरु गरेको छ ।

चुलो नबलेको घरमा चुलो बाल्ने अभियान अन्तर्गत आज १५ जना लाई राहत सामाग्री उपलब्ध गराइयो र यो अभियान निरन्तर चली रहने बिरगंज जेसिज का उपाध्यक्ष बिजय अग्रवाल ले बताउनु भयो ।

बिरगंज जेसिजका अध्यक्ष मुकेश सिंहको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथी बिरगंज उधोग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया थिए ।

कार्यक्रममा नेपाल रेड्क्रस सोसायटी रेशमकोठी को सचिव लालबाबु सिंह , बिरगंज महनगरपालिक का सब इन्जिनियर सोहन थापा लगायत निशान्त लामिछाने , सन्तोष खनाल , सुनिल भट्टराई , दिलिप ढुङ्गेल , मनिष श्रेष्ठ , सुरज कार्की , सावन थापा एवम बिरगंज जेसिज का पदाधिकारी हरु को उपस्तिथि रहेको राहत बितरण कार्यक्रम को संयोजक रन्जन राउत रहेको थियोे भने कार्यक्रम को सहजिकरण जेसिस का प्रेम पटेल ले गर्नु भयेको थियो ।