काठमाडौं महानगरका मेयर शाक्यलाई कोरोना संक्रमण

25

काठमाडौं :

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ।

 

सचिवालयका अनुसार दुई दिनअघि ग्रान्डी अस्पतालमा शाक्य दम्पत्तिले स्वाब दिएका थिए। शाक्यको पत्नीलाई भने कोरोना संक्रमण नदेखिएको सचिवालयले बताएको छ। उनलाई लक्षण छैन र, होम आइसोलेसनमा छन् ।