पर्साकाे शैक्षिक क्षेत्रमा अपुरणिय क्षति, प्रहरी उपरिक्षक अनुराग द्विवेदीलाई पितृशोक

152

बिरगंज ।

पर्सा जिल्लाको राजनीति, शैक्षिक क्षेत्रमा विशेष योगदान पुर्याएको द्विवेदी परिवारको ज्येष्ठ स्दस्य जुगल किशोर द्विवेदीको मंगलबार तिलावे पुलमाा दाहसंस्कार गरिएको छ । स्व. द्विवेदीका जेष्ठ सुपुत्र प्रहरी उपरिक्षक अनुराग द्विवेदीले मुखाग्नी दिएका थिए ।

पर्सा जिल्लाको शैक्षिक उत्थानमा स्व. युगल किशोर द्विवेदीको योगदान अतुलनीय थियो । शारदा मा.वि.का संस्थापक प्रधानाध्यापक, प्रौढ रात्री मा.वि. वीरगंज र चौघडा मा.वि. हेटौडाका प्रधानाध्यापक समेत रहनु भएको थियो ।

वहाँले शिक्षकको रुपमा माईस्थान मा.वि. र त्रिजुद्ध मा.वि.मा समेत अध्यापन गराउनु भएको थियो । स्व. द्विवेदीको दुई छोरा अनुराग द्विवेदी प्रहरी उपरिक्षक, कान्छा छोरा अविनाश द्विवेदी इन्जिनीयर र छोरी गरिमा द्विवेदीको बिहे वरिष्ठ प्रहरी उपरिक्षक विनोद पोखरेलसंग भएको छ ।