एभरेष्ट बैंकमा सामाजिक दुरी कायम नभएको गुनासो

160

सन्तोष रंजितकार,
बिरगंज ।
बैंकमा सामाजिक दुरी कायम नभएकाेले सर्वसाधारण चिन्तित भएका छन।
जिल्ला प्रशासन कार्यलय पर्साले लगाएको निशेधाज्ञा सबैले मान्नु पर्ने हुन्छ तर पनि जनताले बैंक बाट आफ्नो रकम लिन सास्ती खेप्नु परेको पैसा निकाल्न आउने एक ब्यक्तीको भनाइ रहेको छ । बैंक खोलेको छ सामाजिक दुरी कायम गरिएको छैन कोरोनाको संक्रमण कसैलाई छ कि छैन भन्ने कुरा थहा हुन्न यस्तो भिडमा पनि कोरोनाको त्रास खेप्दै बैंक बाहिर पालो पर्खिनु परेको छ, बैंक ब्यवस्थापनले कुनै ब्यवस्था नगरिएको गुनासो
सेवाग्राहीले पोखे।
बुधबार संचालनमा आएका एभरेष्ट बैंक लिमिटेड बिरगंजले सेवाग्राहीहरुको स्वास्थ संग खेलवाड गर्दै जथाभावी लाइन लगाइ भिडभाड गराइ कारोबार गर्दै आएको पाइएको छ ।
असुरक्षित लाईनमा सेवाग्राही नै असुरक्षित भएको हुदाहुँदै पनि सो बैंकका कर्मचारीहरु कतिको सुरक्षित होला भनी बुझ्न खोज्दा तैचुप मैचुप भएका छ्न् ।