पछिल्लो चौबीस घण्टामा १ हजार ११२ जना कोरोना संक्रमण मुक्त, १ हजार १२० जना कोरोना संक्रमित

68

काठमाडौं :

नेपालमा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको मन्त्रालयले बताएको छ ।