पछिल्लो चौबीस घण्टामा १२ सय २८ जना कोरोना संक्रमित : ९१७ कोरोनामुक्त

33

काठमाडौं :

पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ४२ हजार ८७७  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो। बिहीबार नयाँ संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन्।१८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ७४२   छन्। क्वारेन्टाइनमा ६ हजार ७४९ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ।