कालोबजारी गर्ने ४ पसललाई जरीवाना

306

संतोष रन्जितकार
वीरगंज, २१ भदौ ।
उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै आइतबार वीरगंजमा बजार अनुगमन गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीद्वारा वीरगंज महानगरपालिकास्थित पानगलि र रानिघाट रहेका विभिन्न खाद्यन्न तथा किराना पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा मूल्य सूची नराखेको तथा खरिद, बिक्री विल उपलब्ध गराउन नसके र म्याद गुज्रेका समानहरु संचित गरी राखेको पसलहरुलाई कारवाहीसमेत गरिएको छ ।
वीरगंजको घण्टाघर पानगलीस्थित रहेको सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्सलाई रु. ५० हजार, न्यू संतोष जेनरल स्टोरलाई २० हजार, जय पान पसल सेन्टरलाई रु. २० हजार, रानीघाटस्थित रहेको न्यू हरिओम किराना पसललाई रु. २० हजार जरिवाना गरि कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पसलमा भेटिएको म्याद गुज्रेको ७ बोतल फेन्टा लगायतका पेय पदार्थहरु नष्टसमेत गरिएको अनुगमन टोलीले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिमको जरिवाना गरिएको तथा खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशन दिईएको प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना महामारीको विषम परिस्थितिमा कहि कतै कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धी गरी विक्री वितरण गरेको देख्नु भएमा आवश्यक प्रमाण सहित यस कार्यालयको ईमेल मबयउबचकबज्ञ२नmबष्।िअयm उजुरी गर्नु हुन पनि प्रशासन कार्यालयले अनुरोध गरेको छ ।