नारायणी अस्पतालकाे लापरवाहीले युवककाे मृत्यु भएको आरोप ( भिडियो सहित )

4,650

वीरगंज, २२ भदौ ।
नारायणी अस्पतालका चिकित्सकहरुको लापरवाहीको कारण एक युवकले अनाहकमा ज्यान गुमाउनु परेको आफन्तजनहरुले आरोप लगाएका छन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बारा सपही वडा नं. ४ निवासी बोधाई चौधरीको २३ वर्षीय छोरा बिक्रम चौधरीको उपचारको लागि आइतबार २१ गते ११ बजे दिनमा नारायणी अस्पतालमा ल्याइयो । विक्रमको उपचारमा कसैले ध्यान दिएन १२ बजे स्वाब संकलन गरी परिक्षणको लागि पठाइयो । त्यही दिन आफै–आफैमा डाक्टरहरुले झै–झगडा समेत गरेकोले परिक्षणको रिपोर्ट समयमा आएन । बिक्रमलाई इमर्जेन्सी वार्ड मै ५ घण्टासम्म राखियो बेलुकी पाँच बजे अवस्था नाजुक हुन थालेपछि आई.सि.यु.मा लगेर भेन्टिलेटरमा राखे कोही डाक्टर उपचारको लागि नगएकोले बिक्रमको मृत्यु सोही दिन साँझ ७ बजे भएको कोल्वी नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बिरेन्द्र चौधरीले बताउनु भयो ।

पर्सा जिल्लामा चिकित्सकको लापरवाहीले दिनहुँ मान्छे मरिरहँदा कसैले वास्ता नगरेको तर साना–साना आफ्नो स्वार्थको लागि आफै झगडा गरेको दुई वटा घटनाहरु प्रकाशमा आइसकेको जि.पी. कोईराला फाउण्डेशनका धिरज गुप्ता बताउँछन् ।

 

मृतक बिक्रम चौधरीको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भदौ २२ गते दिएको रिपोर्टमा संकलन मिति २३ गते र दिएको मिति समेत २३ गते उल्लेख गरि लापरवाहीको चरम नमुना नारायणी अस्पतालले प्रस्तुत गरेको छ । मृतकका दाजु अनिल कुमार चौधरीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ समक्ष एक निवेदन दिई दोषी चिकित्सकमाथि कारवाही र क्षतिपुर्तीको माग गर्दै सोमबार उजुरी दिएका छन् ।

यस घटनाको सन्दर्भमा नारायणी अस्पतालको प्रवक्ता डा. अतुलेश कुमार चौरसियासंग बुझ्दा उनले अस्पतालबाट कुनै लापरवाही नभएको र मृतकका आफन्तले के भन्छन त्यो आफ्नो चासोको विषय नभएको प्रतिक्रिया दिए । घटनाकाे छानबिन गरी दोषीमाथि कारवाही अगाडी बढाउन आफु पहलकदमी गर्ने प्र.जि.अ. तामाङले बताउनु भएको छ ।