प्रदेशसभा सदस्य जन्नत अंसारीद्वारा क्याटलाई खाद्यान्न सहयोग

91

बिरगंज ।
प्रदेश न. २ काे प्रदेशसभा सदस्य जन्नत अंसारीले कोभिड एक्सन टिम (क्याट) पर्सालाई सहयोग गरेका छन् ।
आज एक कार्यक्रमका बिच क्याटद्वारा संचालित एव्म् वडा न १३का युवाहरूको ब्यवस्थापनमा नि:शुल्क खाना बितरण कार्यक्रमलाई सहयोग स्वरुप प्रदेश सांसद अन्सारीले १५० किलो आलु लगायत समाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

प्रदेश सांसद अंसारीले खाद्यान्न समाग्री हस्तान्तरण गर्दै कोभिड एक्सन टिम क्याट पर्साले बिगत केहिदिन देखि कोभिड महामारी उत्कृष्ट मानवीय सहयोग गर्दै आइरहेकोले सो मानवीय कार्यमा निरन्तरता होस भन्ने उदेश्यले आफू पनि सहयोग गरेको र अगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा क्याटका संयोजक जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद मियाँ, तबरेज अहमद, श्याम पटेल, संजीव मिश्रा, शैली चौधरी लगायातको सहभागिता रहेको थियो ।