फेटा गापाद्वारा रक्तदान कार्यक्रमको आयोजना

29

संतोष रन्जितकार
बारा, २२ भदौ ।
बारा जिल्ला को फेटा गाउँपालिका वार्ड न १ को आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ५० जनाले रक्तदान गर्नु भएको छ ।
कोरोना संकटको महामारीमा पनि रगत अभाव हुन नदिन रक्तसंचार केन्द्रले स्वयं सेवी संसथहरुलाई रक्तदान गर्न अपिल गर्दै आएको छ ।

रक्त संचार केन्द्रको आवश्यक सुरक्षा र सर्तकताका साथ रक्तदान गर्न गरिएको आग्हलाई मानेर रक्तादन गरिएको आयोजकले जनाएका छन ।
रक्तदानमा फरक क्षमता भएका एक ब्यक्तिले पनि रक्तदान गर्नु भएको सामाजिक अभियान्ता प्रकाश थारुले बताउनु भएको छ । रक्तदान कार्यक्रमको उद्घाटन वडाध्यक्ष जयप्रकाश दासले रक्तदान गरी गर्नु भएको थियो । कार्यक्रमलाई रक्त संचार केन्द्र धिरेन्द्र झाको टोलीले प्राविधिक सहयोग पुर्याएको थियो ।
कोरोना भाइरसको महामारीको अवस्थामा रगतको अभावको कारण कोही उपचारबाट बन्चित हुन नपरोस भन्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष दासले बताउनु भयो ।