युथ कांग्रेस नेपाल प्रदेश नं. २ ले संगठन विस्तार गरे

39

संतोष रन्जितकार
वीरगंज, २२ भदौ ।
युथ कांग्रेस नेपाल प्रदेश न २ ले स·ठन विस्तार गरेको छ। संगठनको प्रदेश सचीवमा प्रभात ठाकुर, सर्लाही र सदस्यहरुमा राहुल गुप्ता पर्सा र नुरी मिकरानी, सर्लाही बाट रहेको छ। त्यसैगरि सर्लाही जिल्लाको लागि कुमोद साह र महोत्तरीको लागि निरज शर्मालाई संयोजकमा नियुक्त गरिएको छ। युथ कांग्रेस नेपालले लोकतान्त्रिक समाजवादका सिद्धान्तहरूको असफल पुराना अभ्यासहरूको परिवर्तनका सवालमा वकालत गर्दै विधिको शासन,राष्ट्रियता , प्रगतिशिलता , स्वतन्त्रता तथा संविधानद्वारा प्रदत्त समानताको हकलाई प्रश्रय दिने लक्ष्य साथ् विगत ३ बर्ष देखि युवा राजनीति र लोकतन्त्र सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यस संस्थाले देशव्यापी रुपमा उच्च अध्ययन गरि सामाजिक क्षेत्रमा सेवा गर्दै आइरहेको र नेपालमा लोकतान्त्रिक विचारधारा प्रति आस्था राख्ने युवाहरुको संगठन निर्माण गर्दैछ। यस संस्थाको हालको कार्यक्रमहरुमा राजनीतिक शिक्षा (पोलिटिकल लिट्रेसि), संगठन र युवाहरुको राजनैतिक क्षमता अभिवृर्दि तथा देशव्यापी रुपमा विधिको शासन तथा लोकतान्त्रिक पद्धती निर्माणका लागि अभियानहरु संचालन गर्ने लक्ष्य राखिएको छ ।
युथ कांग्रेश नेपाल प्रदेश न २ मा नियुक्त भएका हालका युवाहरु कानुन र आइटी पढेर सामजिक कार्यहरुमा संग्लन रहेको छ। नव नियुक्तहरुलाई स्वागत गर्दै युथ कांग्रेश नेपालका प्रदेश संयोजक रमेश कुमार राजले भने हाम्रो पुर्खा लोकतनत्रका लागि लडे, हामि लोकतनत्रलाई जीवनशैली बनाउन लड्दैछौं।