नेविसंघ पर्साद्वारा प्रदर्शन

89

बिरगंज।
बिरगंज महानगरपालिकाले सहिदको अपमान गरेको तस्बिर सार्बजनिक भएपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साले महानगरपालिकाको मुल द्वारमा प्रदर्शन गरेका छन्।

नगरप्रमुख बस्ने नँया भवनको माथि विर सहिदहरुसहित उप-राष्ट्रपति नन्द किशोर पुन र पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको फोटो समेत मिल्काएर राखिएको थियोे । ने.बि.संघपर्साको कार्यवाहक अध्यक्ष बिकेश पटेल नेतृत्वको टोलीले ‘दोषीलाई कार्यवाही गर’ ‘सहिदलाई सम्मान गर’ भन्ने नाराको साथ प्रदर्शन गरेकाे थियोे ।