प्याब्सन पर्साका अध्यक्ष ईन्जिनियर्स एसोसिएशनको केन्द्रिय सल्लाहकारमा मनोनित

73

संतोष रन्जितकार
वीरगंज, २४ भदौ ।
प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर प्रसाद साह मधेश ईन्जिनियर्स एसोसिएशन (एमईए) को केन्द्रिय सल्लाहकारमा मनोनित हुनु भएको छ । बिभिन्न संघ संस्थासँग आबद्ध रहुनु भएका डा. साहलाई एमईएको २४ गतेको निर्णय अनुसार केन्द्रिय सल्लाहकारमा मनोनित गरिएको हो ।
डा. साह क्यान पर्सा,क्रिकेट एसोसिएशन अफ नेपाल,वीरगन्ज इन्स्टिच्युट अफ टेकनोलोजी,सेन्टजेवियर्स स्कुल एण्ड कलेज,शिक्षा कमिटि वीरगन्ज,वीरगन्ज मेडिकेयर प्रा.ली लगायतको संघ सस्थामा रही अग्र स्थानमा काम गर्दै आउनु भएको छ । यस भन्दा पहिला उहाँ एनआएनको सदस्य,नेपाल बिधार्थी युनियन वेलारुस रसियाको उपाध्यक्ष तथा अध्यक्षको पद समेत रही काम गरी सक्नु भएको छ

बाराको महागढीमाई नगरपालिका वडा नं. १० गन्जभवानीपुर निवासी डा. साह हाल वीरगन्ज महानगरमा वस्दै आउँनु भएको छ । अति मिलनसार तथा कुशल व्यवस्थापन समेत रहेका डा. साहलाई मधेश ईन्जिनियर्स एसोसिएशनको केन्द्रिय समितिको वैठकले एसोसिएशनको केन्द्रिय सल्लाहकारमा मनोनित गरेको छ । केन्द्रिय समितिको भदौं २४ गते वसेको वैठकको निर्णय अनुसार डा. साहलाई केन्द्रिय सल्लाहकारमा मनोनित गरिएको मधेश इन्जिनियर्स एसोसिएशनका केन्द्रि अध्यक्ष ई. संजिव नारायण यादवले वताउनुभयो ।