वि.पि कोइराला युवा विकास मञ्चले मानव आश्रममा खाना खुवायो

55

संतोष रन्जितकार
वीरगंज, २४ भदौ ।
वि.पि कोइराला युवा नेतृत्व बिकाश मन्च पर्साले विशेश्वर प्रसाद कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा मानव सेवा आश्रममा रहेका बृद्धहरुलाई खाना खुवाएको छ । विशेवश्वर प्रसाद कोइराला नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् ।
सो कार्यक्रम नेपाली कांग्रेस पार्टी कार्य समिती पर्साका उपसभापति दिनानाथ गुप्ताको प्रमुख अतिथित्वमा सम्पन्न भएको थियो । कांग्रेसका जिल्ला सचिव श्याम पटेल, ने.का सह सचिव रोसन लामिछाने, वि.पि कोइराला युवा बिकाश मन्च का प्रदेश २ का मनोहर साह कानु, मन्चका सचिव जयप्रकाश गुप्ता, जि.पि.कोइराला फाउन्डेसनका अध्यक्ष मो. सहाबुदिन, फाउन्डेसनका जिल्ला सचिव धिरज गुप्ता, दिपेश श्रीवास्तव नेपाली कांग्रेसका जिल्ला सदस्य धर्मेन्द्र पटेल, वि.पि कोइराला युवा बिकाश मन्च पर्साका उपाध्याय दिपक गुप्ता लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम का अध्यक्षता वि.पि कोइराला युवा नेतृत्व बिकाश मन्च पर्सा अध्यक्ष हरेन्द्र यादवले गरेका थिए ।