पत्रकार बीरेन्द्र साहको हत्यामा संलग्न पटेल १३ वर्ष पछि पक्राउ

182

बिरगंज।

पत्रकार बीरेन्द्र साहको हत्यामा संलग्न हरेराम पटेल १३ वर्ष पछि पक्राउ परेका छन ।

बाराको कोल्बी नगरपालिका वडा नं ४ सपही टोलबाट निजलाई  आज दिउँसो  करिब ३ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जनाएका छन्।

पत्रकार साहलाई तत्कालीन नेकपा माओवादीका बारा जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम कुर्मी, रामएकबाल सहनी र मैनेजर गिरी गरि पाँच जनाको संलग्नतामा अपहरण गरि हत्या गरेको  प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

तत्कालिन माओवादी शान्ति बर्तामा आएको अवस्थामा पत्रकार साहलाई  २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरेका थिए। अपहरण गरेको ३४ दिन पछि साहको शव २०६४ कार्तिक २२ गते टाँगिया बस्ती जङ्गलमा गाडिएको अवस्थामा फेला पारेको थियो।

पक्राउ परेका पटेललाई भोली पिसिआर परिक्षण गराई अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।