नेशनल मेडिकल कजेजद्वारा १७० शैयाको कोभिड विशेष अस्पताल संचालन

134
बिरगंज ।
नेशनल मेडिकल कलेज अस्थाई कोरोना अस्पतालको शुक्रबार उदघाटन भएको छ ।बिरगंज महानगरपालिका वडा न १६ नगवास्थित बाबा होटल हाल नेशनल मेडिकल कलेजले ८ वटा भेनटीलेटर ,२० वटा आईसियुलेशन सहित १७० बेड क्षमता भएको अस्पताल निर्माण गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ , जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त, नेशनल मेडिकल कलेजका चेयरमैन डा. जैनुदिन अंसारी, सशत्र प्रहरीका प्रमुख , सेना प्रमुख लगायतकाले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
कोरोना अस्पताललाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भन्दा पनि बढी र आधुनिक सुविधा सम्पन्न तरिकाले बनाईएको हाल आईसियु सहित १७० वटा वेड मात्र संचालनमा रहेको नेशनल मेडिकल कलेजका प्रबन्धक बसरुदिन अंसारीले पर्सा पोस्टलाई जानकारी गराउनु भयो । अंसारीले थप १३० वटा वेड चाडै नै संचालन गरी ३०० सय वटा बेड भएको आईसोलेसन संचालनमा ल्याउने तयारी भएको समेत बताए।त्यसै गरि यहाँ कोरोना संक्रमितहरुलाई चार पटकको खाना र नास्ता , प्लाजमा थेरापी उपचार र अति नै प्रभावकारी र महङ्गो रेमडिसिभिर एन्टि भाइरल औषधि आवस्यक पर्ने सबै बिरामीलाई निशुल्क उपलब्ध गराउने पनि बताए ।