बजार अनुगमनमा तिब्रता, ४ पसललाई ७० हजार जरिवाना

203

संतोष रन्जितकार
वीरगंज, २६ भदौ ।
कोरोना महामारीको समयमा कालोबजारी बढेको उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै शुक्रबार पुन: वीरगंजमा बजार अनुगमन गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीद्वारा वीरगंज महानगरपालिका स्थित माईस्थान २ नंम्बर रोड, लिंक रोड र नेशनल मेडिकल कलेज चौकमा रहेका विभिन्न कस्मेटिक, खाद्यन्न तथा किराना पसलहरुलाई अनुगमन गरेको छ ।
अनुगमन टोलीले मूल्य सूची नराखेको तथा खरिद र विल उपलब्ध गराउन नसके तथा म्याद गुज्रेका समानहरु संचित गरी राखेको ४ वटा पलसलाई ७० हजार जरिवानसमेत गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


प्रशासन कार्यालयले दिएको जानकारी अनुसार वीरगंजको माईस्थान २ नं. रोडस्थित रहेको शान्ति जरेनरल स्टोर्सलाई रु ५० हजार, लिंक रोडस्थित रहेको खेमीसती जेनरल सप्लायर्स एण्ड ट्रेडर्सलाई रु. १० हजार, नेशनल मेडिकल कलेज चौकस्थित रहेको श्याम कोल्ड स्टोरलाई रु. ५ हजार र तारा कस्मेटिक जेनरल स्टोरलाई रु. ५ हजार जरिवाना गरिएको छ ।
पसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरिएकोले सोही ऐनको दफा ३९ बमोजिमको जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएको छ । अनुगमन टोलीले खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशनसमेत पसलहरुलाई दिएको छ ।
कोरोना महामारीको विषम परिस्थितिमा कहि कतै कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धी गरी विक्री वितरण गरेको देख्नु भएमा आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयको ईमेल मबयउबचकबज्ञ२नmबष्।िअयm उजुरी गर्नसमेत अनुरोध गरिएको छ ।