विष सेवन गरेको युवकको उपचारको क्रममा मृत्यु

भाईजान अफ वीरगंजद्वारा उद्दार

883

संतोष रन्जितकार
वीरगंज, २६ भदौ ।
वीरगंज महानगरपालिका वडा नं. ३१ बेल्वाका ३० बर्षिय सतन माझीको शुक्रबार भाईजान अफ बिरगंजको सहयोगमा उद्दार गरिएको छ । भाईजान अफ बिरगंजका अध्यक्ष नौसाद अन्सारी, आस्था नेपाल बिरगंजका सदस्य नुरुहद्दिन हवारी, समाज परिवर्तन नेपाल बिरगंजका अध्यक्ष अकलेस साहको सहयोगमा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्ली श्रीपुरका सचिव दिलिप प्रधानको पहलमा आज ईन्डो नेपाल हस्पिटल प्रा. लि. बिरगंजमा उपचाररत माझीको मृत्य भएको थियो ।
माझीको घरको आर्थिक अवस्था एकदमै दयनीय रहेको हुनाले उनको घरपरिवारले उपचारमा लागेको खर्च समेत बुझाउन नसकेपछि यी सामाजिक संस्थाहरुले उपचारमा लागेको सम्पुर्ण रकम माफ गराई, एम्बुलेन्सको व्यवस्था गरी उनलाई गाउँसम्म पुर्‍याएको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलिप प्रधानले जानकारी गराएका थिए । वीरगंज वडा न. ३१ बेल्वा बस्ने अन्दाजी बर्ष ४२ कि लक्ष्मीनिया देबि मुसहरको छोरा अन्दाजी बर्ष ३० को सतन माझीको घरायसी अवस्था निकै कमजोर रहेको र आर्थिक अवस्था कमजोरको कारण बाध्य भएर बिहीबार बिष सेवन गरेको अवस्थामा दिउँसो १२ बजे बिरगंजको ईन्डो अस्पतालमा भर्ना भएको र उपचारको क्रममा शुक्रबार बिहान ३ बजे निज माझीको मृत्यु भएको थियो । निज मृतकको श्रीमती रफता देबि माझीको ९ महिनाको छोरा र ३ बर्षको छोरी रहेको समेत सचीव दिलिप प्रधानले बताए ।