सशस्त्र प्रहरीद्वारा १५ हजार केजी अवैध केराउ बरामद

615

बिरगंज ।

बारामा सशस्त्र प्रहरीले १५ हजार केजी अवैध केराउ बरामद गरेको छ । सशस्त्र प्रहरीले बीरगन्जबाट ना ४ ख ७८८२ नम्बरको ट्रकमा लोड गरी बाराको सिम्रौनगढतर्फ गईरहेको विशेष सुचनाको आधारमा सो परिमाणको केराउ बरामद गरेको हो । सशस्त्र बेस क्याम्प बरियारपुरबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा गएको टोलीले ५० केजीको ३०० बोरा केराउ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी १२ नम्बर गणका प्रहरी नायब उपरीक्षक निरन्जन भणडारीले बताएका छन् । बरामद केराउको बजार मुल्य करिब ७ लाख ५० हजार बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद भएको केराउ, ट्रक र चालक सहित अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथैलयामा पठाइएको १२ नम्बरको गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले जानकारी गराए ।