जनमत पार्टीको बैठक सम्पन्न, ५० सदस्यीय नयाँ समिति गठन

31

संतोष रन्जितकार
वीरगंज, २७ भदौ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १६ मा आज जनमत पार्टीको बैठक सम्पन्न भएको छ । अनिता रौनियारको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष सुबो खातुन, पर्सा जिल्ला इन्चार्ज सन्तोस साह, जिल्ला सह–इन्चार्ज राहुल रौनियार लगायतले वीरगंज महानगरपालिका वडा नं. १६ मा ५० जना सदस्यीय परिचालन समिति गठन गरेको हो ।
नवगठित समितिमा वडा नं १६ का सहयोजक निकेश महतो सदस्य, रामायण दास, दारोगा महतो, सिताराम हमतो, प्रमोद दास, वीरेन्द्र महतो, विकास पटेल, सीकेन्दर वैठा, रुस्तम मियाँ, रञ्जित दास, सुजित दास, सोनालाल राम, लगायतका रहेका छन् ।