पानीटंकी टोलमा वृक्षारोपण कार्यक्रम सम्पन्न

22

संतोष रन्जितकार
वीरगंज, २७ भदौ ।
वीरगंज महानगरपालिका वडा नं. ८ पानीटंकी टोलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमको आयोजना गरी युवा नेता राजुदीन बाबुको नेतृत्वमा शनिबार सो वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रभु अस्पताल देखि पानीटंकी चौक एल.एस. न्यूरो अस्पतालसम्म विगतका समयमा वृक्षारोपण गरिएको स्थानमा केही विरुवाहरु नसप्रिएको तथा सुकेको स्थानमा पुन: विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो । कार्यक्रममा टिमुर, गुल्मोहर, अशोका लगायत विभिन्न प्रजातिका करिब ५० वटा विरुवाहरु रोपिएको युवा नेता राजुदीन बाबुले बताए ।
वातावरण संरक्षण चुनौतीको रुपमा देखिएकोले वातावरण जोगाउनको लागि मानव जीवनमा अक्सिजन अति महत्वपूर्ण रहेकोले उक्त वृक्षारोपण गरिएको हो ।
सो अवसरमा मैनुदीन हवारी, सुरेश पासवान, सोनु हवारी, मंजुर हवारी, अनवर हवारी, प्रवेज आलम, वसिम राजा लगायत स्थानिय भद्रभलादमी तथा बुद्धिजिवीहरुको सहभागीता रहेको थियो ।