भिस्वा युवा क्लबको बार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान

47

सन्तोष रंजितकार,

बिरगंज ।

” देश बिकासका लागि युवा सशक्तता आजको आवस्यकता ” भन्ने मुल नाराका साथ स्थापित बिरगंज भिस्वा युवा क्लब बिरगंज -१५ पर्साको ८ औं बार्षिसोत्सवको उपलक्ष्यमा आज रक्तदान / आयुर्वेदिक काढा / होमियोपैथिक औषधि बितरण कार्यक्रम सम्पन्न भएको थियो ।

बिरगंज भिस्वा युवा क्लबका अध्यक्ष उदय नारायण कुसवाहको अध्यक्षतामा र पर्सा जिल्ला क्षेत्र न.१ का माननिय प्रतिनिधि सभासदस्य प्रदीप यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका बिशिस्ट अतिथी बिरगंज पब्लिक कलेजका प्रोफेसर डा. दिपक शाक्य , सामाजिक अभियन्ता एवं युवा नेता ओमप्रकाश सरार्फ , वडा न१६ का वडा अध्यक्ष श्याम बाबू चौरसिया, वडा न.१५ का कार्यवाहक वडा अध्यक्ष छोटेलाल साह कानु , अपराध अनुशन्धान उपप्रमुख कुमार खड्का , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह , वरिष्ठ पत्रकार कल्याण बहादुर हाडा, क्लबका सस्थापक अध्यक्ष ईन्द्रजित गुप्ता , क्लबका सल्लाहकार केशर दास , स्थानीय शिक्षक राम प्रसाद कुसवाह , बिक्रम सिंह , डा. कमलेस ठाकुर लगायत क्लबका पदाधिकारीहरु , स्थानिय युवा , बुद्धिजिबिहरुको सहभागीता रहेको थियो ।

रक्तदान कार्यक्रममा ४ महिला सहित ३२ जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नु हुनेमा अजिता मरासनी , रेणु कुमारी सिंह , रम्भा देबि , पार्वती देबि , राधा बैठा , राजकुमार साह, दिनेश प्रसाद कुसवाह , मोहन साह , राधेश्याम गुप्ता , दिलिप कुमार साह , शिवशन्कर पटेल , दिलिप राज महतो , किशोरी साह , राजाबाबु गुप्ता, सन्दीप कुमार सिंह , सम्भु महतो , नवरन्जन ठाकुर , दिपेन्द्र प्रसाद साह , सन्दिप कुमार कुसवाह , बिनेस कुमार सहनी , मुन्ना बर्णबाल , चन्दन साह , राकेश कुमार साह लगायतकाले रक्तदान गरेका थिए ।

सहयोगी सस्थामा मिडिया पार्ट्नर जि नेपाल टिभी र अनलाइनका अनिल साहले सहयोग गरेका थिए ।

त्यसै गरि होमियोपैथीक औषधि बितरण सौजन्य मारवाडी सेवा समिती काठमाडौं , युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सरार्फले सहयोग गरेका थिए । प्राबिधिक सहयोग ब्लड बैंक बिरगंजका दिलमाया घिमिरे , शेखर गुप्ता ,धिरेन्द्र कुमार दास, भुषण कुमार जयस्वाल र राम नरेश यादवले गरेको थियो ।

कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार केशर दासले गर्नु भएको थियो ।