स्वतन्त्र मानवअधिकार समाज बिरगंजद्वारा बाटोमा हिड्नेलाई मास्क वितरण

26

सन्तोष रंजितकार,

बिरगंज ।

स्वतन्त्र मानवअधिकार समाज केन्द्रीय कायार्लय बिरगंजले गणेशमान चौक नजिकै बाटोमा हिड्ने यात्री ,बटुवा,सर्वसाधारणहरुले मुखमा मास्क नलगाई हिडिरहेका हुदा उनिहरुमा जनचेतनामूलक शिक्षा प्रदान गर्दै १०० थान मास्क समेत वितरण गरिएको समाजका सभापति कृष्ण कुमार खनालले बताउनु भयाे ।मास्क समाजसेवी राम आषिस यादवले उपलब्ध गराउनु भएको थियो ।

उक्त समारोहमा समाजका महासचिव दिपक साह कानु, संस्थापक माहासचिव धुर्ब अधिकारी ,कोषाध्यक्ष उर्मिला कुमारी ,सह-कोषाध्यक्ष अंकित जालान ,समाजसेवीहरु तारकेशवर चौधरी ,अमिर खड्गी ,राजु साह तुराहा,दिपु साह तुराहा ,प्रशान्त सिंह थापा लगायतकाले सहयोगी भुमिका निर्वाह गर्नु भएको थियो ,साेहि प्रकार समाजले साेहि ठाउँमा दुई दिन पहिले मात्रै २०७७.०५.२६ गते शुक्रबारका दिन यसैगरी १००-१००थान मास्क र सेनेटाईजर समेत बितरण गरेको थियो । समाज परिवारकाे तर्फबाट सबै सहभागीलाई ,दातालाई समेत धन्यवाद तथा अाभार प्रकट गरेका थिए ।